आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्ण उत्तर गयामा श्राद्ध गर्नेको भिड (फोटोफिचर)

गोकर्णेश्वर खबर१८ पुष २०७८, आईतवार १३:५९ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

१८ पुष, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर स्थित उत्तरवाहिनी उत्तर गयामा पितृ मोक्षका लागि श्राद्ध गर्नेको आज भिड लागेको छ । यहाँ पौष औँसीका दिन श्राद्ध गर्नेको भिड लाग्ने गर्दछ ।

यस दिनलाई गया मौनी दर्शश्राद्धमको नामले समेत चिनिन्छ । तीर्थश्राद्ध गर्दा श्रद्धालुले पितृ मोक्षका लागि जौको पिठोबाट बनाइएको पिण्ड दान गर्ने गर्दछन् ।

उत्तर गया क्षेत्रको नामले प्रसिद्ध यस क्षेत्रमा पौष कृष्ण औँसीका दिन पितृलाई पिण्ड र तर्पण दिनाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ हरेक वर्ष तिर्थालुहरुको भीड लाग्ने गर्दछ ।