आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौको टुढिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)

गोकर्णेश्वर खबर१५ पुष २०७८, बिहीबार १९:१३ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

काठमाडौँ । गुरुङ समुदायले आज बिहीबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । गुरु समुदायले ल्होसार प्रत्येक वर्ष सैनिक मञ्च टुँडिखेलमा मनाउँदै आएका छन् ।

आज पनि गुरुङ समुदायले विभिन्न झाँकीसहति ल्होसार मनाइरहेका छन् । काठमाडौँ उपत्यका रहेका गुरुङ समुदायहरु जम्मा भएर बिहानैदेखि टुँडिखेलमा रमाइलो गरिरहेका छन् ।

जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।