आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कांग्रेसका युवानेता हरिबोल भण्डारीले मतदातालाई धन्यवाद दिए

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार १७:०० मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

१४ पुष, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार तथा युवानेता हरिबोल भण्डारीले धन्यबाद ज्ञापन तथा चियापान कार्यक्रम गरेका छन् । मंगलबार गोकर्णेश्वर जोरपाटी स्थित पिस ब्यान्केटमा उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रतक्ष्य र अप्रतक्ष्य रुपमा सहयोग गर्ने व्यक्तित्वहरुलाई धन्यबाद दिएका हुन् ।

काठमाडौं क्षेत्र नं. ३ बाट सबैभन्दा धेरै मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छानिएका भण्डारीले खर्स आर्य समूहवाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उमेदवारी दिएका थिए । भण्डारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आफू प्राविधिक रुपमा पराजित जस्तो देखिए पनि महाधिवेशनमा देश भरीका प्रतिनिधिहरुबाट सम्मानजनक मत पाएकोमा सबैलाई धन्यवाद दिंदै आभार व्यक्त गरे ।

उनले आफूले प्राप्त गरेको मतले राजनीतिमा अगाडी बढ्न अझ बढी उत्साहित थपेको बताएका छन् । उनले केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गरेका प्रतिश्पर्धामा १५९३ मत प्राप्त गरेका थिए ।

धन्यबाद ज्ञापन तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, शशांक कोईराला, नव निर्वाचित केन्द्रीय सदस्य अम्बिका बस्नेत, केन्द्रीय सह महामन्त्रीका प्रत्यासी बद्री पाण्डे, वागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, नेपाली कांग्रेस बाट निर्वाचित जनप्रतिनिधि लगायत काठमाडौं क्षेत्र नं. ३ का नेता, तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

गोकर्णेश्वर खबरलाई प्रतिक्रिया दिंदै भण्डारीले देशभरीका प्रतिनिधिले आफूलाई माया गरेर झण्डै १६ सय मत दिएर सम्मान गरेको बताए । उनले आफूले नहारेको र आफू देश र जनतालाई सेवा गर्न नथाक्ने पनि बताए । उनले आफू थाकेको पनि छैन भन्दै विपी विचारको शस्त्र बोकेको यो सिपाही न हारेको छ न थाकेको छ, अझ बढी उत्साहित बनेको बताउँदै उनले पार्टीको हितमा सबैसँग सहकार्य गर्दै निरन्तर क्रियाशिल भई कार्य गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।