आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

ग्यास बिक्रेता संघ नेपालको आठौं वार्षिक साधारण सभा पौष १५ मा

गोकर्णेश्वर खबर१३ पुष २०७८, मंगलवार ०८:४६ मा प्रकाशित (२ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं । ग्यास बिक्रेता संघ नेपाल काठमाडौंले आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । संघले एक सुचना जारी गर्दै पौष १५ गते बिहिबार साधारण सभा गर्ने भएको हो ।

संघले ग्यास बिक्रेताको डिलर डिष्ट्रीव्युटरको कमिशन ट्याक्समा सहजीकरण, डिलर प्रमाणिकरण लगायतविविध विषयमा गहन छलफल सहितको महत्त्वपूर्ण वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

कार्यक्रम चाबहिल ओरालोस्थित जूम क्याफेमा बिहान ११ बजेबाट सुचारु हुनेछ ।

संघले सम्पूर्ण ग्यास व्यवसायीहरूमा कार्यक्रममा अनिवार्य उपस्थितिका लागि समेत अनुरोध गरेको छ ।