आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सिन्धुपाल्चोकका विद्यार्थीलाई मोडर्ना खोप, विद्यार्थी निर्धक्क भएर विद्यालय जान थाले

गोकर्णेश्वर खबर१२ पुष २०७८, सोमबार १२:०६ मा प्रकाशित (२ साल अघि) १०४ पाठक संख्या

१२ पुष, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका १२–१७ उमेरका विद्यार्थीहरुलाई धमाधम कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने काम शुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका विभिन्न माध्यमिक विद्यालयमा अध्ययनरत २८ हजार ५२५ जना विद्यार्थीलाई खोप लगाईएको छ ।

विद्यार्थीलाई खोप लगाउन थालेपछि उनीहरुका अभिभावकहरु पनि खुशी भएका छन् । १२ स्थानीय तहका उक्त समूहका विद्यार्थीहरुलाई खोप दिन थालिएको छ । कोरोना प्रतिरोधी खोप दिएपछि विद्यार्थीहरुमा कोभिड १९ को भय र त्रास कम भएको समाचार आएका छन् । खोप लगाएका विद्यार्थीहरुले मनोबैज्ञानिक रुपमै बलियो भएको प्रतिक्रिया दिएका छन् ।

खोप लगाए पछि विद्यालयमा अध्ययनरत छात्रछात्राहरु निर्धक्क भएर विद्यालय जान थालेका छन् । पहिलो डोज खोप लगाएका विद्यार्थीलाई २८ दिनपछि दोश्रो डोजको खोप लगाइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकमा करिब छ सय विद्यालय छन् ।