आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कामपा ६ का वडा अध्यक्ष दिपेन्द्र लामालाइ महानगर सेवा पदक

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार १२:१८ मा प्रकाशित (२ साल अघि) ३९२ पाठक संख्या

१ पौष, काठमाण्डौं । काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा काठमाडौं महानगरपालिकाको महानगर सेवापदकबाट सम्मानित भएका छन् । लामा “स्थानिय सेवा गौरव–महानगर सेवा पदक २०७८” बाट सम्मानित भएका हुन् ।

जनताको सेवामा समर्पित भई जनप्रतिनिधिको रुपमा काम गर्दै महानगरपालिकाको गौरव अभिवृद्धिमा गरेको उल्लेखनीय योगदानको सम्मान स्वरुप “स्थानिय सेवा गौरव–महानगर सेवा पदक २०७८” र नगद रु एक लाख सहित सम्मानित गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

लामालाई बुधबार २७ औं महानगर दिवसको अवसरमा सो सेवा पदकबाट सम्मानित गरिएको हो ।