आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

गोकर्णेश्वर खबर२१ मंसिर २०७८, मंगलवार १३:१५ मा प्रकाशित (२ साल अघि) १५१ पाठक संख्या

मकवानपुर । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभि-१९ बाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।