आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

वाग्मती प्रदेशमा इन्द्र बानियाँ नेतृत्वको काँग्रेस पदाधिकारीको यस्तो छ सूचि

गोकर्णेश्वर खबर२१ मंसिर २०७८, मंगलवार १३:११ मा प्रकाशित (२ साल अघि) १४५ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशको प्रथम अधिवेशनबाट बिजयी पदाधिकारीहरूको सूचि सार्वजनिक भएको छ । गएराति सकिएको पदाधिकारीको मतगणनापश्चात विजयीहरूको नामावली सार्वजनिक भएको हो ।

कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका हुन।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।

बानियाँको नेतृत्वमा रहने पदाधिकारीहरुमा उपसभापतिद्वय चन्द्र महर्जन,मोहनबहादुर बस्नेत, महामन्त्रीद्वय कन्चनचन्द्र बादे श्रेष्ठ, राजु श्रेष्ठ,सह महामन्त्री (महिला)ः जीवन डङ्गोल ,सह महामन्त्रीः हरिशरण श्रेष्ठ ,सह महामन्त्रीः ऋषि घिमिरे लगायत रहेका छन् ।