आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

वागमति प्रदेश सदस्यमा नाति काजी कार्की (अजय)ले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर१५ मंसिर २०७८, बुधबार १२:२१ मा प्रकाशित (२ साल अघि) २६५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस वागमति प्रदेश सदस्यमा नाति काजी कार्की (अजय)ले उम्मेदवारी दिने भएका छन् । २०४६ साल देखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका कार्की समाजसेवाको क्षेत्रमा पनि सक्रिय रहेका छन् ।

कामपा ६ बौद्ध पाटिटार, नयाँवस्ति बेल्टमा राजनीतिक र सांगठनिक रुपमा बलियो पकड बनाएका कार्कीले युवाको भावना बुझेर नेपाली कांग्रेसलाई बलियो बनाउन आफूले वागमति प्रदेश सदस्यमा उम्मेदवारी दिने गोकर्णेश्वर खबरलाई बताए ।

गत स्थानीय, प्रदेश र केन्द्रीय चुनावमा बुथ सभापतिको रुपमा आफ्नो बुथमा पार्टीलाई जिताएको बताउँदै कार्कीले आसन्न तीनै तहको चुनावमा पार्टीलाई फराकिलो जनमत सहित जिताउन युवावर्गलाई एकताबद्ध बनाएर लैजाने सोचका साथ वागमति प्रदेश सदस्यको बलियो उम्मेदवारको रुपमा आफू अगाडी बढेको उनले दावि गरे ।

२०६० सालमा पाटिटार युवा क्लबका उपाध्यक्ष समेत रहेका कार्की स्थानीय क्षेत्रको विकासमा क्रियाशिल र नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन निरन्तर क्रियाशिल कहलिएका युवा नेता पनि हुन् ।

उनले आफू पार्टीको काममा सक्रियता र इमान्दारितापूर्वक लागेको, पार्टीले घोषणा गरेका संघर्षका सबै कार्यक्रममा अग्रपंक्तिमा रहेर काम गरेको बताउँदै आफूले पार्टीका अग्रज नेता कार्यकर्तासँग सल्लाह सुझाव लिएरै अगाडि बढेको समेत बताए ।