आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस काभ्रे जिल्ला सभापतिमा तिर्थ लामा विजयी

गोकर्णेश्वर खबर१३ मंसिर २०७८, सोमबार १५:४८ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं। नेपाली कांग्रेस काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन् । लामाले निकटतम प्रतिद्वन्द्वी अच्युत प्रसाद पौडेललाई ८ सय भन्दा बढी मत अन्तरले जितेका हुन् । लामाले १६४६ मत पाएका थिए भने अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए ।

काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ । लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मोक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रविन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

लामा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । सिटौला समूह र देउवा समूह मिल्दा कार्भेमा अर्को समुह कमजोर भएको हो ।