आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदेश (क) सभापतिमा श्रीराम चालिसेसहित टिमको घोषणा, प्रदेश सम्पर्क कार्यालय उद्घाटन

गोकर्णेश्वर खबर२९ कार्तिक २०७८, सोमबार १०:५० मा प्रकाशित (२ साल अघि) २१८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश (क) को उम्मेद्वारी घोषणा तथा प्रदेश सम्पर्क कार्यालय उद्घाटन भएको छ । आईतबार मण्डला ब्यांकेट रामहिटीमा भएको कार्यक्रममा प्रदेश सभापति, उपसभापति, सचिव र सहसचिवका उम्मेदवारहरुको घोषणा भएको हो ।

प्रदेश सभापतिमा श्रीराम चालिसे (राज), उपसभापतिमा पविन भट्ट र केशव पुडासैनी, सचिवमा इश्वर पुडासैनी र राजिव थापा, सहसचिवमा दुर्गा रानामगर (लक्ष्मी पुडासैनी) र गंगा लामालाई उम्मेदवार घोषणा गरिएको छ ।

नेपाली कांग्रेस काठमाडौं ६ बौद्ध इकाई सभापति विवेक लामाको सभापतित्वमा भएको उम्मेद्वारी घोषणा तथा प्रदेश सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम काठमाडौं क्षेत्र नं. ३ का सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता र वागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको विशेष आतिथ्यतामा भएको थियो ।

उम्मेदवारहरुको नामावली बौद्ध इकाईका पूर्व सभापति भुवन लामाले प्रस्ताव गरेका थिए भनें क्षेत्रीय सभापति सन्तोष चालिसेले समर्थन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, प्रदेश (क) सभापति सत्यभामा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि दिपक रिसाल, दुर्गा बराल, अनिलध्वज कार्की, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ इकाईका पूर्व सभापति नारायण बहादुर सुवेदी, गोकर्णेश्वर ९ नं. इकाईका सभापति राजिव थापा लगायत क्षेत्र नं. ३ प्रदेश (क) का नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैगरी, प्रदेश सम्पर्क कार्यालयको उद्धाटन क्षेत्रीय सभापति सन्तोष चालिसे र वागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।