आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ नोक्सान, मूल्य बढाउन सरकारलाई दबाब

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:२१ मा प्रकाशित (२ साल अघि) ५७९ पाठक संख्या

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ आकाशिएपछि अक्टोबरमा नेपाल आयल निगमको मासिक रुपमा हुने नोक्सानी उच्च हुने देखिएको छ ।

इन्डियन आयल कर्पोरेशन(आइओसी)ले शनिबार पठाएको मूल्य अनुसार निगमको नोक्सानी १५ दिनमा २ अर्ब २२ करोड रुपैयाँ हुन सक्ने अनुमान छ । यो आधारमा निगमको मासिक नोक्सानी ४ अर्ब ४४ करोड हुनेछ । आइतबार ब्रेन्ट क्रुड आयलको मूल्य ८४ डलर ८६ सेन्ट छ । पछिल्लो मूल्य अनुसार निगमलाई पेट्रोलमा १५ रुपैयाँ १ पैसा, डिजलमा १४ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा ४ रुपैयाँ ५६ पैसा र एलपीजी ग्यास एक सिलिण्डरमा ५ सय ११ रुपैयाँ नोक्सानी छ ।

यो आधारमा निगमलाई १५ दिनमा पेट्रोलमा ४० करोड ५३ लाख, डिजलमा १ अर्ब ९ करोड र  ग्यासमा ७५ करोड ७० लाख नोक्सानी छ ।