आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मोहन वैद्य अस्पताल भर्ना

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १८:०२ मा प्रकाशित (२ साल अघि) ५७५ पाठक संख्या

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको उनको पारिवारले जनाएको छ ।

वैद्यका छोरीज्वाइँ दीपक सापकोटाका अनुसार छातीको एक्सरे लगायतका परीक्षण गरिएको छ । एक/दुई दिन अस्पतालमै राख्नुपर्ने भएको उनले बताए ।