आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

खुल्यो मध्य भोटेकोशीको ९० लाख कित्ता आईपीओ

गोकर्णेश्वर खबर२० आश्विन २०७८, बुधबार १०:५६ मा प्रकाशित (२ साल अघि) २६४ पाठक संख्या

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये पाँच प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता म्युचुअल फन्डलाई र चार प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यो कम्पनीलाई केयर रेटिङले ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत रहेको जनाउँछ ।