आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या

गोकर्णेश्वर खबर१८ आश्विन २०७८, सोमबार २३:३६ मा प्रकाशित (२ साल अघि) ३०० पाठक संख्या

काठमाडौं । सामाजिक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा समस्या आएको छ । नेपाली समयअनुसार ९ः३५ मा यी एपहरूमा समस्या देखिएको हो ।

यो समस्या नेपाल नभएर विश्वका अधिका‌ंश मुलुकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अकस्मात देखिएको समस्याबारे फेसबुकले हालसम्म कुनै कारण बताएको छैन ।

फेसबुक एपमा मेसेज मार्फत भनिएको छ, माफ गर्नुहोला । केही समस्या भएको छ । हामी यसलाई समाधान गर्न काम गरिरहेका छौं र यसलाई सकेसम्म छिटो समस्या समाधान गर्नेछौं ।