आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ५ दिने ल्याब्रोटोरी प्रशिक्षण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार १९:४९ मा प्रकाशित (२ साल अघि) ६३५ पाठक संख्या

काठमाडौं ।अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ५ दिने ल्याब्रोटोरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

Quality Assurance of Bacteriological Investigation of Clinical Specimens” विषयक Hands on laboratory training  भाद्र ७ देखी ११ गतेसम्म चलेको हो ।

विश्वविद्यालयको अनुदान आयोगको सहयोग तथा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल माईक्रोबायोलोजी बिभागको आयोजनामा विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा कार्यरत २२ जना प्रयोगशालाकर्मीहरुलाई ‘क्लिनिकल नमूनाहरुको ब्याक्टेरियोलोजिकल अन्वेषणको गुणस्तर आश्वासन’ (Quality Assurance of Bacteriological Investigation of Clinical Specimens) बिषयक प्रशिक्षण कार्यक्रममा प्रशिक्षित गराइएको हो ।

नेपाल मेडिकल कलेज माईक्रोबायोलोजी बिभागमा भएको सो तालिमको संयोजन असिस्टेन्ट प्रोफेसर राम प्रसाद अधिकारीले गरेका थिए भने प्रोफेसर डा. शिव कुमार राई,असिस्टेन्ट प्रोफेसर डा.ज्योत्सना सापकोटा,लेकचरर डा. सुसिला खड्का,असिस्टेन्ट प्रोफेसर लक्ष्मी कान्त खनाल लगायत विभिन्न अस्पताल बाट आउनु भएका बिज्ञहरुद्वारा कक्षा सन्चालन गरिएको थियो ।

तालिमको सुरुमा शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक श्री बसुरुद्दिन अंसारीले तालिममा सहयोग गर्ने प्रशिक्षकहरुलाई धन्यावाद दिएका थिए । उनले मेडिकल जस्तो सम्बेदनशिल क्षेत्रमा एक अर्काको अनुभव र तालिम मार्फत मेडिकल शिक्षालाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने बताए । ‘हामीले मेडिकल शिक्षा र अस्पतालमा कार्यरत सबैले यो क्षेत्रलाई अझै विश्वसनिय बनाउँदै जनताको सेवामा समर्पीत हुनुपर्छ’ उनले भने ‘नेपाल मेडिकल कलेज अझ शशक्त रुपमा अगाडी बढ्छ ।’

कार्यक्रममा उप प्राद्यापक सृष्टि श्रेष्ठ तथा माईक्रोबायोलोजी बिभागका प्रोफेसर डा. शिव कुमार राईले सहभागीहरुलाई तालिममा सकृय सहभागी हुनु भएकोमा धन्यवाद दिदै आफुले तालिमा सिकेका कुरा आफ्नो कार्य क्षेत्रमा लागू गरि गुणस्तरीय सेवा दिन आग्रह गरे ।

उपप्रध्यापक  श्रीस्टी श्रेष्ठले  सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।