आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर-८ अत्तरखेलमा पूर्ण पारिवारक वातावरणसहितको शिवपुरी रेस्टुरेन्ट एण्ड लज संचालनमा

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार १६:३१ मा प्रकाशित (२ साल अघि) ४७१ पाठक संख्या

काठमाडौँ ।करिब १ करोडको लागतमा गोकर्णेश्वर-८ अत्तरखेल शिवपुरी चोकमा शिवपुरी रेस्टुरेन्ट एण्ड लज संचालनमा आएको छ। लामो समयको अनुभवलाइ समेटेर व्यवसायी दिपक थापाले शिवपुरी रेस्टुरेन्ट एण्ड लज संचालनमा ल्याएका हुन। पूर्ण पारिवारिक बातावरण सहितको लज सोमबारदेखि संचालनमा आएको हो । लजको सोमबार एक कार्यक्रमकाबीच गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले उद्घाटन गरेका छन्।

रेस्टुरेन्टमा पारिवारिक बातावरणको अभाव पुर्तीको लागि शिवपुरी रेस्टुरेन्ट एण्ड लज सन्चालन गरेको संचालक थापाले बताए । उनले भने, रेस्टुरेन्टको अर्को बिशेषता स्वादिष्ट र स्वस्थकर खाना भएको बताउदै स्वाद सँगै ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर खानाका परिकारहरु तयार पारिने थापाको भनाई रहेको छ ।

उनले खानामा कुनै पनि किसिमको अखाद्य वस्तुको मिसावट नहुने समेत प्रतिबद्दता जनाए । ’हामी खानामा कुनै पनि किसिमको अखाद्य बस्तु मिलाउदैनौ तपाईहरु ढुक्क हुनुस्’ उनले भने ‘हामी हेर्दा र खादा मिठो बनाउने बहानामा ग्राहकको स्वास्थ्य सँग खेल्दैनौ ।’हेर्दा आँखालाई राम्रो र खादा स्वास्थ्यलाई पनि राम्रो नै शिवपुरी रेस्टुरेन्ट एण्ड लजको मुख्य बिशेषता रहेको उनको भनाई छ । संचालक थापाका अनुसार रेस्टुरेन्टमा वर्थडे पार्टी, पास्नी, ग्रुप पार्टी, गेट टुगेदरका लागि शान्त वातावरण युक्त क्याविनको व्यवस्था रहेको छ । रेस्टुरेन्ट एरियामा वाईफाई उपलब्ध छ । ‘रेस्टुरेन्ट धरै छन तर शिवपुरी रेस्टुरेन्ट एण्ड लज मार्फत हामीले कम शुल्कमा उच्च स्तरीय सेवा दिने प्रयास गरेका छौं संचालक ‘थापाले भने

उद्घाटन कार्यक्रममा राष्ट्रिय हास्य कलाकार राजन चौलागाई (खैराते) गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत लगायत स्थानीयको उपस्थिति रहेको थियो ।