आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

गोकर्णेश्वर ८ को नेपाली कांग्रेसको सभापतिमा लक्ष्मण चौंलागाईको दावी

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार ०९:४८ मा प्रकाशित (२ साल अघि) ४१२ पाठक संख्या

११ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को नेपाली कांग्रेसको सभापतिमा लक्ष्मण चौंलागाईले दावी गरेका छन् । उनले ‘युवालाई भूमिका र प्रोत्साहन, अग्रजलाई सम्मान’ भन्ने मुल नारा बोकेर आफू अगाडी बढेको बताए ।

२०६४ साल देखि राजनीतिमा सक्रिय चौंलागाई आफूलाई राजनीतिमा दिक्षित गर्ने गुरु स्वर्गीय चक्र बहादुर ठकुरीलाई मान्छन् । ठकुरी प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै चौंलागाईले ठकुरीकै प्रेरणाले राजनीतिमा अगाडी बढेको बताए । स्वर्गीय चक्र बहादुर ठकुरीबाट आफूले सामाजिक विकासका लागि राजनीति गर्नु पर्ने सिकेको, ठकुरीको सादा जीवन र विकाशप्रेमी छविबाट प्रभावित भएर सामाजिक सेवाकै लागि आफू पनि शिक्षक पेशा छाडेर राजनीतिमा सक्रिय भएको चौलागाईले बताए ।

वडा नं. ८ का दाजुभाई, दिदी–बहिनीसँग हार्दिकता र मित्रता कायम गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौंलागाईका भन्छन्–‘नेतृत्व गर्नेले कुरा मात्रै गर्ने होईन काम गरेर देखाउनु पर्छ । उपदेश मात्र दिने होईन स्वयं उदाहरणीय हुनुपर्छ भन्ने भावना बोकेर जनता र पार्टीको सेवा गर्ने उदेश्यले नै इकाई सभापतिमा दावि गरेको हुँ ।’ उनले ‘युवालाई भूमिका र प्रोत्साहन, अग्रजलाई सम्मान’ भन्ने मुल नारा बोकेर सबै क्रियाशिललाई समेटेर आफू अगाडी बढ्ने बताए ।

उनले भने– ‘गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का दाजुभाई, दिदी–बहिनीले मेरो भूमिकाको मूल्याङ्कन गर्नु भएको छ । उहाँहरुको साथ सहयोग पाएरै राजनीति र समाजसेवामा अगाडी बढिरहेको छु । भोलीका दिनमा पनि सबैको सहयोग लिएर निःस्वार्थ रुपमा सदासर्वदा अगाडी बढिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’