आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाले शनिवार रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार २३:२६ मा प्रकाशित (२ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गर्ने भएको छ ।

गोकर्णेश्वर-८ बेशिगाउँमा रहेको सिद्धिदात्री सहकारीले भाद्र १२ गते शनिबार रक्तदानको कार्यक्रम आयोजना गरेको हो ।

कोभिडका कारण रक्तसंचार केन्द्रमा रगतको कमी आउँन थालेको गुनासापछि सहकारीले रक्तदानको कार्यक्रमलाई प्राथमितामा राखेको हो । रगतकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने मनसायका साथ रक्तदानको कार्यक्रमलाई अगाडी सारेको सिद्धिदात्रीले जनाएको छ ।

बिहान ११ बजेदखि दिउँसो ३ बजेसम्म संचालन हुने रक्तदान कार्यक्रम सरस्वती माध्यमिक विद्यालय, बेशिगाँउमा हुनेछ ।

सहकारीले रक्तदान कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाइदिन समेत सबै रक्तदातालाई अनुरोध गरेको छ । सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप कार्यक्रम समापन गरीने आयोजकले जनाएको छ ।