आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

मेयर चालिसेद्धारा सुगम बचत तथा ऋण सहकारी सस्थाको उद्घाटन

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार २२:४५ मा प्रकाशित (२ साल अघि) २०१ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जम्बुडाँडामा रहेको सुगम नगरमा सुगम बचत तथा ऋण सहकारी सस्थाको उद्घाटन भएको छ ।

आज गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सो सहकारीको उद्घाटन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख सन्तोष चालिसेले उत्पादनमुलक कार्यलाई विशेष प्राथमिकता दिएर कार्य गर्न आग्रह गरे । उनले उत्पादनमुलक कार्य गर्नेहरुलाई नगरपालिकाले विभिन्न किसिमले सहयोग गर्ने कार्यक्रम ल्याएकोमा जोड दिंदै उत्पादनमुलक कार्यका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सामाजिक विकासका महिलाको भूमिका महत्वपूर्ण हुने बताउँदै महिला समुहले सामुहिक व्यवसायमा अगाडी बढे नगरपालिकाले तालिम, लगानी, व्याज मिनाहा जस्ता कार्यक्रमबाट सक्दो सहयोग गर्ने बताए ।

उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले स्थानीय विकासमा सहकारीसँग सहकार्य गर्न वडा सँधै तत्पर रहेको बताए ।

यसैगरी ६ नं. वडाका अध्यक्ष रमेश अर्यालले आर्थिक विकासमा सहकारीको भूमिका प्रसंशनीय रहेकाले सहकारीले सुगम नगरको विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सुगम बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष सुरेश कुमार गुरागाईले सबै पक्षसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । सहकारी उद्घाटन कार्यक्रममा सुगमनगर टोलसुधार समितिका अध्यक्ष कपिल उप्रेति लगायत स्थानीयको उपस्थिती रहेको थियो ।