आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर नगरपालिकाले भोली १८ वर्षमाथीका विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउँने

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार २१:३७ मा प्रकाशित (२ साल अघि) ३१० पाठक संख्या

काठमाडौं । गाकर्णेश्वर नगरपालिकाले ४० वर्षमाथिका नागरिक तथा १८ वर्षमाथीका विद्यार्थीहरुलाई भोली(शुक्रबार) कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

नगरपालिकाले आज एक सुचना जारी गर्दै भोली ४ गते सञ्चालन हुने खोप अभियानमा १८ वर्षमाथीका विद्यार्थी र ४० वर्षमाथिका नागरिकलाई खोपको पहिलो मात्रा दिइने जनाएको हो ।

नगरपालिकाले खोपका लागि ६ केन्द्र समेत तोकेको छ ।विद्यार्थी तथा नागरिकले खोप लगाउँन आउँदा अनिवार्य रुपमा परिचय पत्र लिएर आउँनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

सुचना हेर्नहोस्