आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपाल मेडिकल कलेज स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनद्वारा प्रबन्ध निर्देशक अंसारीको स्वागत

गोकर्णेश्वर खबर१ भाद्र २०७८, मंगलवार १५:३८ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । नेपाल मेडिकल कलेज प्राली. शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक बसुरुद्दिन अंसारीलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले स्वागत गरेको छ ।

मेडिकल कलेज तथा अस्पतालमा क्रियाशील यूनियनले निर्देशक अंसारीको कार्यकक्षमा पुगेर स्वागत तथा कार्यकालको शुभकामना दिएको हो ।

यूनियनका अध्यक्ष राजेन्द्र सिंह ठकुरी लगायत कार्यसमितिका पदाधिकारीहरुले नवनियुक्त निर्देशक अन्सारीलाई स्वागत गर्दै कार्यकालको शुभकामना दिएका हुन ।

सो अवसरमा प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले कर्मचारीलाई आफुले आफ्नै परिवारको सदस्य जस्तो गरि व्यबहार बताए । उनले आफ्नो योजना यो संस्थालाई अहिलेको उचाई भन्दा झन माथी पुर्याउने र नेपालकै उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बिकास गर्ने बताए ।

अस्पतालको सेवा तथा सुबिधाले यो भेगका जनताको मन जित्दै नयाँ नयाँ प्रबिधी सहितका सेवा थप्दै जाने निर्देशक अंसारीको भनाई थियो ।

त्यस्तै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष राजेन्द्र सिंह ठकुरीले प्रबन्ध निर्देशकलाई संस्था र कर्मचारी दुबै को हित हुने गरि आफ्नो योजना बनाएर अगाडि बढन सुझाव दिदै आफूहरुको साथ र सहयोग रहने उल्लेख गरे ।

कर्मचारीहरुले काम गरे अनुसार सुबिधा दिदै कर्मचारीलाई हौसला दिनुपर्ने अध्यक्ष ठकुरीको भनाई छ ।

कार्यक्रममा अस्पतालका निर्देशन डा. राजेश किशोर श्रेष्ठ ,नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका उपाध्यक्ष शिवराम खुलाल, सचिब प्रेम लामा तथा कार्यसमितिका पदाधिकारी लगायतले नव नियुक्त प्रबन्ध निर्देशक बसुरुद्दिन अंसारीलाई स्वागत गर्दै कार्यकालको शुभकामना दिएका थिए ।