आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध काठमाडौंमा कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप लगाइने

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार २१:५२ मा प्रकाशित (२ साल अघि) १२२६ पाठक संख्या

काठमाडौं श्रावण ३ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध काठमाडौंले  कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप  भोलिबाट लगाइने भएको छ ।

खोप  ५० देखि ५४ वर्षसम्मका नागरिक,  पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई भोलि देखि श्रावण ६ गते सम्म काठमाडौं महानगरपालिका वडा नं ६ को खोपकेन्द्र श्री जनकल्याण मावी महानकालमा  लगाउने भएको छ ।