आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

बामदेवलाई ओलीको व्यंग्य : उपाध्यक्ष कमरेडलाई स्वागत छ,फेरि आयो,गयो नहोस्

गोकर्णेश्वर खबर१८ असार २०७८, शुक्रबार १४:०३ मा प्रकाशित (२ साल अघि) २८४ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् ।

बैठकमा उनलाई स्वागत गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’

ओलीको जवाफमा गौतमले भने विषयअनुसार विरोध र समर्थन रहने बताए । उनले भने, ‘अध्यक्षले आउने जाने नगर्न भने पनि म सँधै क्रिटिकल छु । विषयअनुसार समर्थन र विरोध गर्छु ।’