आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

मानवअधिकार आयोगसमक्ष मन्त्री श्रेष्ठले भने– ‘गल्ती गरेको महसुस भएको छ,आइन्दा यस्तो गर्दिनँ’

गोकर्णेश्वर खबर१६ असार २०७८, बुधबार १२:३९ मा प्रकाशित (२ साल अघि) २९४ पाठक संख्या

काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् ।

आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई जातीय विभेदलाई प्रश्रय दिने खालको गतिविधि नगर्न सचेत गराएका थिए ।