आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

एमाले बैठक : गोकर्ण विष्टले भने- ‘वैधता नरहेको बैठकमा जानुको अर्थ छैन्’

गोकर्णेश्वर खबर१६ असार २०७८, बुधबार १२:३० मा प्रकाशित (२ साल अघि) ३४४ पाठक संख्या

काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने गरी नेकपा एमालेको बैठक बालुवाटारमा बस्दैछ । यो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल सहित कारबाही गरिएका एघार जना बाहेक सबैलाई बोलाइएको छ ।

तर माधव नेपाल समूहले भने वैधता नरहेको बैठकमा कसैलाई बोलाउनु वा नबोलाउनुको अर्थ नरहने जनाएको छ । ‘एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्दछ । आयोजक कमिटीको कुनै वैधता छैन’ माधव नेपाल निकट नेता गोकर्ण विष्ट भन्छन् ।

वैधता नरहेको कमिटीको बैठकबारे थप प्रतिक्रियाको आवश्यकता नरहेको पनि उनले बताए । गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

तर आजको बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने तयारी छ ।