आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

आकस्मिक रक्तदानमा ४० पिन्ट रगत संकलन

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार २२:१७ मा प्रकाशित (२ साल अघि) ६२० पाठक संख्या

९ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेको चामुण्डा मन्दिर जोरपाटीमा आकस्मिक रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ४० पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रम हाम्रो सहयोग अभियान, गोकर्णेश्वर युवा समूह र जोरपाटी युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

देशमा कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि रगतको अभाव भए पछि रक्तदान कार्यक्रमले प्राथमिकता पाउँदै आएको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरणका मापदण्ड अपनाउदै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।