आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

समाजसेवी याङ योञ्जन र तारादेवि फुयालबाट पत्रकारलाई राहत वितरण

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार ०७:१२ मा प्रकाशित (२ साल अघि) ५५९ पाठक संख्या

९ असार, काठमाडौं । समाजसेवी याङ योञ्जन र तारादेवि फुयालले पत्रकारलाई राहत खाद्यान्न सहयोग गरेका छन् । समाजसेवी योञ्जन र फुयालले कोरोनाको जोखिमको समयमा फ्रन्टलाईनमा खटिने पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।

सोमबार स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड ह्युमन संस्थाको संयोजन तथा गोकर्णेश्वर खबरको पहलमा काठमाडौंको सुकेधारा निलो पुलमा रहेको आकृसा गोल्ड प्यालेसको प्राङ्गणबाट २५ जना श्रमजीवी पत्रकारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

समाजसेवी याङ योञ्जन विश्वव्यापी कोरोना प्रकोप शुरु भई गतवर्ष नेपालमा लकडाउन शुरु भए देखि निरन्तर राहतका कार्यमा सक्रिय रहेकी छिन् भनें समाजसेवी तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ छहारीक्लबमा रहेको सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा देवि फुयाल महिला सशक्तिकरणका साथै विभिन्न सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल छिन् ।