आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सिन्धुपाल्चोक बाढीपीडितलाई काठमाडौं महानगरपालिकाको २ करोड सहयोग

गोकर्णेश्वर खबर३ असार २०७८, बिहीबार १६:५० मा प्रकाशित (२ साल अघि) ५८५ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।

यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने प्रमुख शाक्यले बताए । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरपालिकाले सहयोग गरेको उनले बताए ।

मंगलबार राति मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै घर डुबानमा परेको र सयौँ मानिस घरबारविहीन भएका छन् ।