आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपत्यकामा थप ६०७ जना संक्रमित

गोकर्णेश्वर खबर३१ जेष्ठ २०७८, सोमबार १८:१४ मा प्रकाशित (२ साल अघि) ३८२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा सोमबार ६०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना छन् । काठमाडौं उपत्यकामा ८१८२, भक्तपुरमा २४३४ र ललितपुरमा ३४४२ सक्रिय संक्रमित छन् ।

यस्तै, सोमबार थप २ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ३८ जनामा पिसिआर परीक्षण गरिएकोमा २०४९ पोजेटिभ देखिएको थियो भने ५३८१ को एन्टिजेन परीक्षण गरिएकोमा ८६९ मा पोजेटिभ देखिएको थियो ।

देशभर पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनाबाट निको भएका छन् । त्यस्तै ५३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट ८ हजार ४६५ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।