आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

उपचार शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन

गोकर्णेश्वर खबर१९ जेष्ठ २०७८, बुधबार ०६:३४ मा प्रकाशित (२ साल अघि) ४०६ पाठक संख्या

काठमाडौं । देशभरका अस्पतालहरुले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची वेबसाइट वा सूचना पाटीमा सार्वजनिक गर्न निर्देशन दिइएको छ । त्यस्तै मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पनि पठाउन भनिएको छ ।

कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले मूल्यसूची सार्वजनिक गर्न निर्देशन दिएको हो ।