आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १८:०६ मा प्रकाशित (२ साल अघि) ३५२ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २१ हजार ६९५  जनाको पीसीआर र ३९३  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ३०५   जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट आठ हजार २२७ र एन्टीजेन विधिबाट ७८ संक्रमित पुष्टि भएका हुन्।

२४ घण्टामा १९० जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ।
यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ।