आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

राष्ट्रियसभा उपनिर्वाचनमा ९ मत खसेन

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १६:५८ मा प्रकाशित (२ साल अघि) १८६ पाठक संख्या

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ । राष्ट्रियसभा सदस्यका लागि वागमती प्रदेशमा भएको उपनिर्वाचनमा ९७ प्रतिशत मत खसेको छ ।

निर्वाचनले आयोगले दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको जनाएको छ । बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म भएको उपनिर्वाचनमा ३ सय ३८ मत खसेको हो ।

प्रारम्भिक रूपमा ३ सय ३८ मत खसेको निर्वाच आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । जम्मा ३ सय ४८ मतदातामध्येबाट एकजना जनप्रतिनिधिको पहिले नै मृत्यु भइसकेको थियो । जसमा ३ सय ४७ मत खस्नुपर्ने हो, तर मतदान गर्ने समयसीमा ३ बजेसम्म ३ सय ४० मत मात्रै खसेको जनाइएको छ ।