आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

स्पेनबाट स्वास्थ्य सामग्री लिएर आइपुग्यो आइबेरिया एयरलाइन्स, फर्किँदा आफ्ना नागरिक लैजाने

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १४:४६ मा प्रकाशित (२ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं । स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

आइबेरिया एयरलाइन्सले स्पेनको राजधानी मड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धि स्वास्थ्य सामग्री ल्याएर काठमाडौं आइपुगेको हो । स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो ।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धि स्वास्थ्य सामग्री रहेको बताइएको छ । जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टिजेन किट नेपाल पठाइएको छ ।

स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिस नागरिकलाई लिएर जानेछ । नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता हुन पाएका थिएनन् ।

बिहीबार आइबेरियन एयरलान्स बाहेक ४ वटा कार्गो उडान रहेको छ ।