आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

२४ घन्टामा थपिए ८ हजार १७३ संक्रमित, ७ हजार ९८९ जना कोरोनामुक्त

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १७:०४ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार १ सय ७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय ४६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ८ हजार ६४ आरटी पिसिआर र १ सय ९ एन्टिजेन विधिबाट गरी कुल ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ५ सय ५७ पुगेको छ ।

काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ जना गरी उपत्यकामा २ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् ।

बुधबार देशभर ७ हजार ९ सय ८९ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ६ हजार ८ सय ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख ६० हजार ४ सय ३ जना पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २ सय ४६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ ।