आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपालमा एकैदिन २४६ कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १६:५४ मा प्रकाशित (२ साल अघि) ४६९ पाठक संख्या

काठमाडौँ– नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ६५७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।