आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गरिने

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १४:२९ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कहीँ कतै यस्तो गर्ने गरिएको भए नगर्न÷नगराउन अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारबाही गरिने जानकारी दिए ।

मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको छ ।

अस्पतालमा पुगेका अक्सिजन सिलिन्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ ।