आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नेपालमा फैलिएको ‘डबल म्यूटेन्ट ‘बी’.१.६१७.२’भाइरस किन खतरनाक मानिन्छ?

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार ०८:३६ मा प्रकाशित (२ साल अघि) ४४५ पाठक संख्या

५ जेठ, काठमाडौं । पछिल्लो समय नेपालमा व्यापक रुपमा फैलिरहेको कोरोना भइरसमध्ये अधिकांश भाइरस भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२)’ भाइरस रहेको तथ्य सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार गत साता ३५ वटा नमुना संकलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको थियो ।

नयाँ भेरियन्ट किन खतरनाक ?

नेपालमा हाल मुलभूत रुपमा कोरोना भाइरसका तीनवटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ । ति भन्दा सवै भन्दा खतारनाक भेरियन्टको रुपमा भारतीय ‘डबल म्यूटेन्ट (बी.१.६१७.२) लाइ लिने गरिन्छ । हाल भइरहेका अनुसन्धानले नेपालमा फैलिरहेको कोरोना मध्ये ७० प्रतिशत भाइरस भारतीय डबल म्यूटेन्ट हो भने बाँकी ३० प्रतिशत यूके भेरियन्ट तथा पुरानै भेरियन्ट भएको देखाएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘डबल म्यूटेन्ट (बी.१.६१७.२) लाई खतरनाक भेरियन्ट को रुपमा लिदै आएको छ । यस भेरियन्टलाई विश्व स्वास्थ्य संघले विश्वव्यापी ‘भेरियन्ट अफ कन्सर्न’ (याद गर्नुपर्ने भेरियन्ट) भनी घोषणा गरिसकेको छ । यो भाइरस सबै उमेर समूहमा धेरै संक्रामकको जोखिम उत्तिकै रहने गर्दछ । यो भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। यो भेरियन्ट बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको भाइरस छिटो प्रवेश गर्ने र गंभिर बिरामी बनाउने त्यसबाट मृत्युदर बढाउने जोखिम रहेको चिकित्सकहरु बाताछन् ।