आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५ कोरोना संक्रमित

गोकर्णेश्वर खबर४ जेष्ठ २०७८, मंगलवार १८:२० मा प्रकाशित (२ साल अघि) ६८७ पाठक संख्या
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार मुलुकभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९६ जनाको कोरोना संक्रमितको मृत्‍यु भएको छ ।