आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

टेकु अस्पतालको भुइँमै संक्रमितको उपचार

गोकर्णेश्वर खबर४ जेष्ठ २०७८, मंगलवार १६:३७ मा प्रकाशित (२ साल अघि) २०१ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारका लागि पनि कठिनाइ भएको छ ।

बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुइँमै सुताएर उपचार थालिएको छ ।

काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुइँमा नै राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउन्डमा नै उपचारको प्रबन्ध मिलाइएको छ ।

कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ ।