आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौँ उपत्यकामा कहाँकहाँ खालि छन् आइसियु र भेन्टिलेटर?

गोकर्णेश्वर खबर३ जेष्ठ २०७८, सोमबार २०:५६ मा प्रकाशित (३ साल अघि) ३२० पाठक संख्या

काठमाडौँ – कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ।

कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खालि नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरणअनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड खाली छन्।

२ सय २१ आईसीयू बेड र ६९ भेन्टिलेटर पनि खाली रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सोमबार दिएको तथ्यांकअनुसार यी अस्पतालमा आइसोलेसन बेडको कुल क्षमता २३ सय ८६ रहेकामा १६ सय ३६ जना मात्रै बिरामीको उपचार भइरहेको छ।

४ सय ६४ आईसीयू बेड रहेकामा २ सय ४३ जना बिरामी छन्। भेन्टिलेटरमा १ सय ३३ जनाको उपचार भइरहेको छ। यी अस्पतालमा २ सय २ भेन्टिलेटर छन्।

सशस्त्र प्रहरी बल अस्पतालमा ९ वटा आइसोलेसन र ९ वटा आईसीयू बेड खाली छन्। वीरेन्द्र सैनिक अस्पतालमा ४३ आइसोलेसन, ३ आईसीयू र ४ वटा भेन्टिलेटर बेड खाली रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै, वीर अस्पतालमा पनि सबै खालका बेड उपलब्ध छन् भने नेपाल प्रहरी अस्पतालमा ९३ वटा आईसीयू बेड खाली छन्।

त्यहाँ आइसोलेसन एक सय बढी खाली छन् भने ५ वटा भेन्टिलेटर खाली छन्।

यी हुन् काठमाडौँका अस्पतालका खालि बेड, आइसियु र भेन्टिलेटरको संख्या ?