आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

बिस्फोटमा परी माल्दिभ्सका पूर्वराष्ट्रपति नसिद घाइते

गोकर्णेश्वर खबर२४ बैशाख २०७८, शुक्रबार १२:०१ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

एजेन्सी । माल्दिभ्समा बिहीबार साँझ भएको भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा अहिलेको संसदका सभामुख मोहमद नसिद घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नसिद घरबाट बाहिर निस्केर गाडी चढ्न लाग्दा स्थानीय समयअनुसार राति साढे ८ बजे बिस्फोट भएको भयो। उनको गाडीनजिकै पार्किङ गरिएको अर्को दुई पांग्रे सवारीमा बिस्फोटक पदार्थ जडान गरिएको देखिएको छ।

बिस्फोटमा घाइते भएका नसिदलाई एडिके अस्पतालमा भर्ना गरिएको छ। उनका एक जना बडीगार्ड र एक जना विदेशी नागरिक पनि बिस्फोटमा परी घाइते भएका छन्।

५३ वर्षीय नसिदको अवस्था कत्तिको गम्भीर छ भन्नेबारेमा खुलाइएको छैन।

बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्।

नसिद सन् २००८ मा माल्दिभ्सको राष्ट्रपति बनेका थिए। उनी प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो राष्ट्रपति हुन्। सन् २०१२ मा उनलाई कूमार्फत् हटाइएको थियो।

सन् २०१९ को चुनाव उनको पार्टीले अत्याधिक बहुमत ल्याएपछि उनी सभामुख बनेका थिए।