आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७७, आईतवार २१:३५ मा प्रकाशित (३ साल अघि) ४६० पाठक संख्या

काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् ।

तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

सिंहदरबारमा भएको छलफलपछि उनले भने, ‘आजको फैसला अनपेक्षित राजनीतिक जस्तो छ, समग्र फैसलाको अध्ययन गरेर हामी आफ्नो धारणा भोलि सार्वजनिक गर्छौं ।’