आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

अदालतको फैसला मान्छौँ : प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७७, आईतवार २०:२७ मा प्रकाशित (३ साल अघि) २०५ पाठक संख्या

काठमाडौँ – नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अब एमाले र माओवादी ब्युँताउने हो भन्ने प्रश्नमा ओलीले आफूले फैसलाको पूर्णपाठ हेर्न नपाएको प्रतिक्रिया दिए ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको छ ।