आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

संसद बैठक २६ गतेसम्मका लागि स्थगित

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७७, आईतवार २०:१८ मा प्रकाशित (३ साल अघि) ९२१ पाठक संख्या

काठमाडौं । पुनःस्थापित संसद बैठकको पहिलो दिन नै अवरुद्ध बनेको छ । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहले बहिष्कार गरेपछि फागुन २६ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले अध्यादेश फिर्ताको माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । पुनः बैठक अघि बढाउन नसक्ने स्थिति भएपछि संसद बैठक २६ गतेसम्मका लागि स्थगित भएको हो ।
सरकारले ल्याएका अध्यादेश फिर्ताको माग गर्दै नेपाली कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षले संसद अवरुद्ध गरेका थिए ।
नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे सदनमा विरोध जनाउँदै संसद बहिष्कार गर्दै नाराजुलुस लगाएका थिए ।
यसअघि प्रचण्ड–नेपाल पक्षले पनि अध्यादेश असंवैधानिक तवरले आएको भन्दै विरोध जनाएर सदन छाडेर हिडेका थिए ।
सदनमा अध्यादेश प्रवेश गर्न नसक्ने भन्दै सचेतक बालकृष्ण खाँडले अविलम्ब अध्यादेश फिर्ता लिनसमेत माग गरेका छन् ।
कांग्रेस सांसदहरुले नाराबाजी समेत गरेका छन् । नाराबाजीका बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले सदनमा अध्यादेश पेश गरेका थिए ।