आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नख्खु जेलमा रहेका हेमन्तप्रकाश ओलीमा भेट्न पुगे विप्लव

गोकर्णेश्वर खबर२२ फाल्गुन २०७७, शनिबार २०:३१ मा प्रकाशित (३ साल अघि) ३७० पाठक संख्या

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नख्खु कारागार पुगेर बन्दी रहेका नेताहरुलाई भेटेका छन् ।

विप्लवसहित खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरुले हेमन्तप्रकाश ओलीलाई भेटेका हुन् ।

शनिवार बिहान ११ बजे विप्लव समूहका नेताहरु नख्खु कारागार पुगेका थिए । कारागार चलान भएका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली बम विस्फोट, राज्यविरुद्धको अपराध मुद्दामा कारागार चलान भएका थिए ।

यसअघि विप्लव समूहका बन्दीहरुलाई रिहा गर्ने सरकार र विप्लवबीच सहमति भएको थियो ।

विप्लव समूह र सरकारबीच शुक्रवार सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो । सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ ।