आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

काठमाडौं महानगर कार्यालय अगाडि नागरिक अभियन्ताको धर्ना

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार १६:२६ मा प्रकाशित (३ साल अघि) ३९३ पाठक संख्या

काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक अभियन्ताले काठमाडौं महानगरपालिका कार्यालय अगाडि आज आइतवार धर्ना दिएका छन् । बृहत नागरिक आन्दोलनको अगुवाइमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिले सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका हुन् ।
उनीहरुले कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपमै बनाउनुपर्ने तथा बालाजु बाइपास सडक विस्तारको क्रममा विस्थापित भएकाहरुलाई सोही स्थानमा पुनःस्थापित गर्नुपर्ने माग गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले जथाभावी कंक्रिट प्रयोग गर्न थालेको विरोधमा बृहत् नागरिक आन्दोलनले शुक्रवार मार्चपास गर्नुका साथै कमल पोखरीमा बनाइएको कंक्रिट संरचना समेत भत्काइदिएका थिए ।