आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

आज नेकपा प्रचण्ड– नेपाल समूहले देशभर विजय जुलुस गर्ने

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार ०९:०० मा प्रकाशित (३ साल अघि) ४२८ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड– नेपाल समूहले आज देशैभर विजय जुलुस निकाल्ने भएको छ । संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने तयारी गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने उनले बताए ।
दुबै अध्यक्ष अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका अध्यक्षद्वय केहीबेरमा काठमाडौं आउने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो ।