आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

रवि लामिछानेले खोले नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १४:१९ मा प्रकाशित (३ साल अघि) ६३९ पाठक संख्या

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घाेषणा गरेका हुन् ।
न्युज २४ टेलिभिजनमा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनी नयाँ टेलिभिजन खोल्नकै लागि उक्त संस्थाबाट बाहिरिएका थिए ।
टेलिभिजनको अध्यक्षमा डिबी राई रहेका छन् भने उपाध्यक्षमा छबिलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्यमं रवि लामिछाने रहेका छन् ।