आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

वाई वाई नेपाल स्टार फाइनलिष्ट सुरेश लामालाई भोट गर्न नेपाल बुद्दिष्ट तामाङ सुधार समितिको अपिल

गोकर्णेश्वर खबर८ माघ २०७७, बिहीबार १०:२४ मा प्रकाशित (३ साल अघि) ७३५ पाठक संख्या

काठमाडौं, माघ ८। सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का  उपाधिका दावेदार काठमाडौं  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा  फाइनलमा प्रवेश गरे संगै उनलाई जिताउन सुरेश लामा जिताऔं अभियान तिब्रताका साथ अघि बढाइएको छ । अभियानका क्रममा   माघ १७ गते सम्म एसएमएस भोटिङमा धेरै भन्दा धेरै भोट गरेर वाई वाई नेपाल स्टार बनाउन  आव्हान गरिएको छ । जसका लागि विजेता बन्नेमध्येका एउटा आधार एसएमएस भोटिङका लागि सामेल हुन सवैमा अनुरोध गरिदै आएको  छ ।

 

हामी नेपाली,  हाम्रो आवाज’ भन्ने नारा रहेको नेपाल स्टारको ‘वाई वाई’ चाउचाउले मुख्य प्रायोजन गरेको अनि नेपाल टेलिभिजनमा रियालिटी सो का रुपमा प्रस्तुत सो कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका ३ का सुरेश लामालाइ  जिताउन बुधबार गोकर्णेश्वर ४ माकलबारी स्थित नेपाल बुद्दिष्ट तामाङ सुधार समितिले समेत सुरेश लामालाइ टप ४ मा पुग्न सफल भएको मा बधाई दिदै नेपाल स्टार बन्नको लागि शुभकामना प्रदान गरेको छ साथै उनलाई बढी भन्दा बढी भोट गरि जिताउन समेत अनुरोध गरेको छ दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने भएकाले सुरेशलाइ जिताउन सबैले सक्दो योगदान गर्न नेपाल बुद्दिष्ट तामाङ सुधार समितिको पुर्व अध्यक्ष तथा सल्लाहकार पुर्ण तामाङ र कार्य बाहक अध्यक्ष दिपक तामाङ, रुप तामाङ लगायत सम्पूर्ण सदस्यले अपील गरेको  छ  ।

उक्ता कार्यक्रमको संयोजक सस्थाका उपाअध्यक्ष रुप तामाङले गरेको थिए।

सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ । भोटिंग माघ १७ गते सम्म गर्न सकिनेछ । वाई वाई नेपाल स्टारका लामा काठमाडौंका एक मात्र प्रतिस्पर्धी हुन्  ।